डायमण्ड तिम्सिना
रोङ।कुटिडाँडा हाँसपोखरी पाथिभरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो साधारणसभा सम्पन्न भएको छ। हिँजो संस्थाको सभाहल कुटिडाँडामा भएको कार्यक्रममा रोङ गाउँपालिका का उपाध्यक्ष बिश्णुमाया खवासले दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नुभएको थिथो।१२५ घरधुरी तथा पाथिभरा मन्दिर ,विद्यालय,विभिन्न संघ संस्था गरि करिव १३० उपभोक्ता रहोको संस्थाको कुल सम्पत्ति ९८६९१६.२५ रहेकोमा यस वर्षको आम्दानी ३८१०३२ रहेको छ भने खर्च ३८९२२७ रहेको छ।संस्थाको आय विवरणमा उल्लेख छ।कार्यक्रम बारे बोल्दै प्रमुख अतिथि उपाध्यक्ष बिश्णुमाया खवासले खानेपानी मानव जीवन कै अपरिहार्य कुरा भएकोले चैबिसै घन्टा घर,घर मा स्वस्छ पानि उपलब्ध गराउन समितिलाई ध्यानाकर्षण समेत गराउनु भयो,पर्यटकिय ठाउँ समेत रहेको कुटिडाँडामा सार्वजनिक स्थानमा समेत विभिन्न ठाउँमा खानेपानी का धारा बनाउनु पर्नेमा जोड दिनुभयो।
तेस्तै समितिका अध्यक्ष रोहित गुरुङले समितिलाई बुझाउनुपर्ने भहशुल समयमै बुझाउनुपर्ने मा जोजदिनुभयो,तेस्तै कर्मचारी तथा ब्यबस्थापन कार्यमा स्थानीय सरकारले समेत सघाउँदै जानुपर्ने राय राख्नुभयो।