Facebook
Twitter
LinkedIn

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यतिबेला तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा र  देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा र  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक  दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, १३० जना घाइते

चीनमा आज बिहान गएको भूकम्पबाट हालसम्म ९५ जनाको मृत्यु भएको छ ।सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा आज विहान नेपाली समयअनुसार ६:५० बजे ७

पुरा पढ्नुहोस >

चीनमा गएको भूकम्पमा ९ को मृत्यु नेपालमा भएन क्षति

आज  बिहान   चीनमा  गएको भूकम्पबाट  कम्तीमा नौ जनाको मृत्यु भएको छ ।साथै भूकम्पबाट केही घरमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।चीनको तिब्बत केन्द्रविन्दु भएर

पुरा पढ्नुहोस >

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस गरिएको  छ । लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ ।काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7