Facebook
Twitter
LinkedIn
facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

रोसन काफ्ले

माइजोगमाई – इलामको फिक्कल–गुप्ती–नयाँबजार सडक कालोपत्रे भएको करिब वर्षदिन भयो । 

मोटरेबल बाटोको ट्र्याक खुलेको चार दशकपछि यो बाटो कालोपत्रे भएको थियो । बाटो कालोपत्रे भएसँगै सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भए । 

बाटो बनिएसँगै बिरामी र अशक्तलाई यात्रा गर्न सहज भएको छ । तर, गत असोजको वर्षामा धेरै ठाउँमा पहिरो झरेपछि केही दिन सवारीका साधन बन्दसमेत भए । ती भत्किएका ठाउँमा गाडी त चलाउनसम्म त चलाइयो तर अझैसम्म सडकमा थुप्रिएको पहिरो हटाउन कसैले चासो दिएको छैन । 

पहिरो नसोहोर्दा बाटोको बीच भागमा माटो तथा ढुंगाको पहाडझैं छ । माटोका ती ढिस्कनाले सवारी दुर्घटनाको जोखिमसमेत बढाएको छ । दिनहुँ दुई सयभन्दा धेरै मोटरसाइकल र सयभन्दा धेरै साना–ठूला गाडी यो बाटो भएर गुड्ने अनुमान छ । भत्किएका ठाउँमा दुई गाडी भेट भए रोकेर पालो गरेर सडक पार गर्नुपर्ने अवस्था छ । 

कतिपय त गोलाई भएकै ठाउँमा भत्किएकाले गाडी कुदाउन अनि अर्को साइडतिरबाट आएको गाडी पनि नदेखिने भएकाले असहज भएको सवारी चालक बताउँछन् ।

त्यसो त, माइजोगमाईतर्फका धेरै बाटा भत्किएका छन् । तिनको मर्मतमा पालिका र वडाले कुनै चासो देखाएका छैनन् । कतिपय ठाउँमा पालिका, सडक कार्यालय, निर्माणकर्ता कम्पनी वा कसले मर्मत गर्ने भन्ने स्पष्टसमेत छैन । 

माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले प्रहरी चौकी, वडाका जनप्रतिनिधि राखेर अनुगम गरी सर्जमिन गरेर मुचुल्का तयार गरी भौतिक पूर्वाधार मन्त्रालयमा बजेट माग गरिसकेको जानकारी दिइन् । ‘ठेकेदार कम्पनीको मातहतमा रहेकाले पालिकाले काम गर्न नमिल्ने हुँदा मन्त्रालयसँग माग गरेका छौं,’ उनले भनिन् ।

यो मुख्य सडक कालोपत्रे गर्ने खनाल कन्ट्रक्सन कम्पनीका सुमन खनालले प्रदेशमार्फत ठेक्का परेको र गत वैशाखमा बाटोको काम सकिएपनि कम्पनीले पाउनुपर्ने रकम  प्रदेशले रोकेका कारण बिग्रिएको ठाउँ मर्मतमा ढिलो भएको बताए । प्रदेश सरकारले रोकेको रकम दिए बिग्रिएको बाटो बनाउने उनको भनाइ छ । 

असोजको वर्षाले सूर्योदय–९, ढोडेमा पहिरो झरेर सडक क्षति गरेको छ । अन्य ठाउँमा माथिबाट पहिरो झरेर बाटोको बीचमा ढुंगा, माटोसहितका थुप्रा धेरै हुँदा दुर्घटनाको जोखिम बढेको हो ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैँछ । हिजो शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो

पुरा पढ्नुहोस >

आजको मौसम केहि फाटफुट बर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

पुरा पढ्नुहोस >

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7