Facebook
Twitter
LinkedIn

कन्याम । सूर्य‍ोदय नगरपालिका वडा नम्बर ६ कन्याममा रहेको श्री मनकामना  दुग्ध सहकारी संस्था लिमिटेडको २७  औ वार्षिक साधारणसभा  विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष द्वारिकाप्रसाद पोख्रेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखा समितिका तर्फबाट लेखा संयोजक प्रेमराज आचार्यले आर्थिक वर्ष २०८०/८१को आर्थिक  प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
२०५४साल साउन १गते बाट साविक कन्याम ५लाई कार्य क्षेत्र बनाई स्थापना भएको यस सहकारी संस्थाले स्थानीय कृषकहरुको दुग्ध संकलन गरि विक्रीवितरण गर्दै आएको छ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष गोविन्दप्रसाद आचार्यले संस्थाको पुराना दिनहरु स्मरण गर्दै  नयाँ पुस्ताले त्यसलाई दस्तावेजको रुपमा अभिलेखिकरण गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पूर्व व्यावस्थापक तेजराज आचार्यले आफ्नो कार्यकालमा आर्जन गरेका अनुभव हरु सुनाउनुभयो । कार्यक्रममा अतिथिहरु लेखनाथ दाहाल,फूलमाया तामाङ ,माधव आचार्य तथा कन्याम टोल विकासका अध्यक्ष टेकबहादुर तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रममा सर्वोकृष्ट ३कृषकहरुलाई सम्मान समेत गरेको छ सम्मानित हुनेहरुमा सरसफाइ तर्फ तिलकबहादुर भूजेल,गुणस्तरीय दुग्ध विक्रेता तर्फ  वेदप्रसाद घिमिरे तथा नियमित दुग्ध विक्रेता तर्फ टीकामान तामाङ रहनु भएको छ।यसै अवसरमा सूर्योदय नगर आईडलमा प्रथम निर्जला भट्टराई लाई समेत सम्मान गरिएको छ।
श्री  हुरहुरे चिया उत्पादक चिया सहकारी संस्थाका अध्यक्ष वेदप्रसाद घिमिरेकोको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्दै घिमिरेले क्षणिक लोभमा फसेर अन्त दुग्ध कारोबार नगर्न दुग्ध कृषकहरुलाई आग्रह गर्दै समस्याहरुको समाधान आफ्नै घर (सहकारी सस्थामा) खोज्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा आगन्तुकहरुलाई  संस्थाको तर्फबाट विजय भूजेलले स्वागत गर्नुभएको थियोे । यस क्षेत्रमा रहेका कतिपय दुग्ध सहकारी संस्थाहरु बन्द रहे पनि मनकामना दुग्ध सहकारी संस्थाले दैनिक दुग्ध रुपमा दुग्ध संकलन गरि डेरी तथा अन्य ठाउँमाहरुमा सम्झौता गरि कृषकको दुग्ध विक्री गर्दै आएको छ।संस्थामा कुल १०२जना शेयर सदस्य रहेका छन् ।



1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >

बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले

पुरा पढ्नुहोस >

फिक्कल–नयाँबजार सडकमा पहिरो नहटाउँदा दुर्घटनाको जोखिम 

रोसन काफ्ले माइजोगमाई – इलामको फिक्कल–गुप्ती–नयाँबजार सडक कालोपत्रे भएको करिब वर्षदिन भयो ।  मोटरेबल बाटोको ट्र्याक खुलेको चार दशकपछि यो बाटो कालोपत्रे भएको थियो । बाटो

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7