Facebook
Twitter
LinkedIn









नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले उमेर हद संगठनभित्र कसैको जित हार नभई राजनीति वृत्तमा नयाँ मुद्दा स्थापित गराएको बताएका छन्।

उमेर हदबारे भएको निर्वाचनमा ३२ वर्षे उमेर हदको पक्षमा बहुमत आएपछि विद्यार्थी आन्दोलनमा एउटा ऐतिहासिक परिघटना भएको बताए।
‘संगठनभित्र कसैको हारजित होइन, यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरंग ल्याएको छ । अन्य विद्यार्थी संगठनहरुलाई समेत दबाबमा परिरहेको छ’ उनले भनेका छन्, ‘नेविसंघमा कांग्रेस पार्टीले माथिबाट लादिएको उमेर हद यति वेला हटाउने प्रयास भइरहँदा क्रान्तिकारीको यस निर्णयपछि अफ्ठेरोमा पारेको छ ।’

३२ वर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेर हदको एजेन्डालाई विधिवत् प्रस्तुत गरेकाले अहिले सम्भव भएको बताए।

‘०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रक्रियाबाट यो एजेन्डाको टुंगो लागेको छ । ३२ वर्ष पुरा हुने जो तपाई नेताहरू हुनुहुन्छ तपाईँको इच्छा विद्यार्थीको बिचबाट आफूलाई परीक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसाबले जायज नै छ’ शर्माले भनेका छन्, ‘तर एउटा विधि अगाडि बढिसकेकोले यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडि बढेर यसको सम्पूर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ ।’
पार्टीभित्र नवीनतम बहस पैरवी गरेर नीति निर्माण तहमा युवाहरूलाई मौका दिनुपर्ने एजेन्डा स्थापित गर्न लाग्न पनि आग्रह गरेका छन्।
उनले माघमा १२ पछि नेतृत्वमा आउनेहरूलाई नयाँ पुस्ताले वैचारिक र सांगठनिक हिसाबले विद्यार्थी आन्दोलनलाई सही बाटोमा डोर्‍याउने जिम्मेवारी आएको बताए ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >

बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले

पुरा पढ्नुहोस >

फिक्कल–नयाँबजार सडकमा पहिरो नहटाउँदा दुर्घटनाको जोखिम 

रोसन काफ्ले माइजोगमाई – इलामको फिक्कल–गुप्ती–नयाँबजार सडक कालोपत्रे भएको करिब वर्षदिन भयो ।  मोटरेबल बाटोको ट्र्याक खुलेको चार दशकपछि यो बाटो कालोपत्रे भएको थियो । बाटो

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7