Facebook
Twitter
LinkedIn

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी रहेका छन्।

उनीहरू माथि पाँचवटा कुकुरका छाउरा र एउटा माउलाई क्रुरतापूर्वक मारेको आरोप छ । पक्राउ परेका राजकुमारले कुकुरका छाउरालाई भूइँमा पछारेर मारेको र मरेपछि नदीमा फालेका थिए।

कुकुर मारेको दृष्यलाई अमनले चार दिनअघि भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसैको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराधसंहिताको पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा चलाइनेछ ।

पशुपंक्षीसम्बन्धी कसुरमा तीन महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजायको दफा उल्लेख गरी प्रतिवेदन तयार भएको र त्यसको आधारमा मुद्दा चलाइने तयारी गरिएको प्रहरीले बताएको छ ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैँछ । हिजो शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो

पुरा पढ्नुहोस >

आजको मौसम केहि फाटफुट बर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

पुरा पढ्नुहोस >

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7