Facebook
Twitter
LinkedIn

इलाम ।  सोसल मिडिया फ्लेटफर्महरु मध्ये सबैभन्दा बढी चलेको फेसबुकको माध्यमबाट प्रेम सम्बन्ध बनाउने कतिपयको सफल भएको छ भने धेरैको अस्थायी र असफल नै बनेको छ ।
ईलामकी मनीषा लोहार र कैलालीको अनिल विकबीचको फेसबुके मायाको पनि त्यसरी नै दुःखद अन्त्य भएको छ । फेसबुके माया गहिरो बन्न नसक्दा कैलाली गौरीगङ्गा नगरपालिका–३ बस्ने २० वर्षीय अनिलले आफ्नी प्रेमिका इलाम सूर्योदय नगरपालिका-३ की १९ वर्षीया मनीषालाई साउन २८ गते अर्जुनधारा ६ को महानन्द चौकमा अन्धाधुन्ध  छुरा प्रहार गरी विभत्स हत्या गरे ।


बताईए अनुसार दुवै जना अढाई वर्षअघि फेसबुकबाट जोडिएका थिए । अनिलको घर कैलाली भए पनि उनी पूर्वतर्फ आइरहने भएकाले दुवैबीच बाक्लै भेटघाट भइरह्यो । उनी भारतको सिलिगुडीमा कपडाको मार्केटिङ गर्ने गरेका थिए । अनिलका परिवारका सदस्य सबै भारतमा बस्ने गरेका छन् । मनीषा बिर्तामोड नगरपालिका– ५ पाथीभरा टोलमा डेरा बसेर एक म्यानपावर कम्पनीमा काम गर्थिन् ।
दुवैको उमेर र जातले मिलेपनि स्वभाव नमिल्दा उनीहरूको प्रेम सम्बन्ध टिकेन । आवेशमा आएर अनिलले छुरा हानेर मनीषाको हत्या गरे । अनिल छिटो आवेशमा आउने गर्थे । ‘छिटो टेम्परमा आउने मेरो स्वभाव मनीषालाई मन परेको थिएन ’प्रहरीसँगको बयानमा अनिलले भनेका छन् ।
 घटना भएको दिन भेट हुँदा कुराकानीकै क्रममा दुवैबीच विवाद भएको बताइएको छ । अनिलले दुईजना सँगै बाटोमा हिँड्दै आउँदा विवाद भएको बताएका छन् । तर, मनीषाका साथी सानीले अटोबाट उत्रिसकेपछि अनिलले मनीषालाई छुरा हानेको बताएकी छन् ।
अनिलले अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका मनीषालाई छुरा प्रहार गरी हत्या गरेका थिए । छुरा प्रहार गर्ने अनिललाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका छन् ।युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई भाग्ने क्रममा स्थानीय व्यक्तिहरूले कुटपिट गरी अनिललाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
अनिलको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा ४ टाँचा लगाइएको छ भने आँखामा सामान्य चोट रहेको छ । उनको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । यता म्यानपावरमा कार्यरत कर्मचारीको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भर्त्सना गरेको छ ।
गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा अपरिचित व्यक्तिको पटक–पटकको छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारार्थ अस्पताल पुर्‍याइएता पनि बीएण्डसी अस्पतालले मृत घोषणा गरेको थियो । उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघ सहित झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायी हरूलाई मर्माहत एवम् स्तब्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >

बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले

पुरा पढ्नुहोस >

फिक्कल–नयाँबजार सडकमा पहिरो नहटाउँदा दुर्घटनाको जोखिम 

रोसन काफ्ले माइजोगमाई – इलामको फिक्कल–गुप्ती–नयाँबजार सडक कालोपत्रे भएको करिब वर्षदिन भयो ।  मोटरेबल बाटोको ट्र्याक खुलेको चार दशकपछि यो बाटो कालोपत्रे भएको थियो । बाटो

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7