Facebook
Twitter
LinkedIn

कन्याम ।सूर्योदय नगरपालिका वडा नम्बर  ६ कन्याममा अवस्थित श्री हुरहुरे चिया उत्पादक सहकारी संस्था लिमिटेडको ११औ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष वेदप्रसाद घिमिरेको सभापतित्वमा  सम्पन्न भएको छ। सम्पन्न साधारणसभामा  १करोड १३लाख २२हजार बराबरको आय रकम प्रस्तुत तथा पारित  गरिएको थियोे ।
१३५ शेयर सदस्य रहेको यस हुरहुरे चिया उत्पादक चिया सहकारीले विगत वर्षहरूमा झै शेयर लाभांश वितरण गर्नुका साथै विभिन्न विधामा पुरस्कार समेत वितरण गरेको छ।पुरस्कृत हुनेहरुमा चिया व्यापारतर्फ  मनकुमार तामाङ ,फुर्वा तामाङ ,तेजबहादुर पाख्रिन,जीवन तामाङ ,कर्मचारी डिल्ली दर्जी ,चिया कृषक  रोमनाथ आचार्य ,गोपाल तामाङ ,सुवास तामाङ  उत्कृष्ट बचतकर्ता अन्तर्गत  माधव आचार्य  रहेका छन् । त्यस्तै लक्की नम्बर अन्तर्गत  ५ जना भाग्यशाली विजेताहरुलाई समेत पुरस्कृत गरिएछ ।भाग्यशाली विजेताहरुमा लक्की नम्बर : फूलमाया तामाङ ,तेजराज आचार्य , त्रिसना तामाङ  ,गोपाल गिरी, तथा खेम आचार्य रहेका छन् ।
वडा नम्बर ६ का वडा सदस्य बिशाल तामाङ जगतको प्रमुख आतिथ्यमा समापन भएको कार्यक्रममा अन्य अतिथिहरु द्वारिकाप्रसाद पोख्रेल ,चन्द्र बहादुर मोक्तान ,तथा अग्रज व्याक्तित्व गोविन्दप्रसाद आचार्य रहेका थिए।कार्यक्रममा वक्ताहरुले संस्थाले छोटो समयमा नै गरेको प्रगतिमा खुसी प्रकट गर्दै थप सफलताको निम्ति शुभेच्छा प्रकट गरेका थिए ।कार्यक्रममा बोल्दै स्थानीय अगुवा गोविन्द प्रसाद आचार्यले  आफूहरु लाई बाटोको असुविधाले सधैं गिजोलिरहने बताउदै जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए।स्वागत मन्तव्य लेखा संयोजक गोपाल घिमिरेको रहेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रेमराज आचार्यले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमकै वीच नगर आईडल विजेता निर्जला भट्टराईले  मीठो सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेकी थिईन् भने  कार्यक्रम संचालन तेजराज आचार्यको रहेको थियोे संस्थाको शुद्ध जाफा रकम ४लाख ७१हजार ७९२ देखिएको छ । २०७०सालमा थोरै चिया कृषकहरु मिलेर गठन भएको चिया सहकारी प्रति पछिल्ला दिनमा स्थानीय चिया कृषकहरुको आकर्षण बढेर गएको छ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >

बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले

पुरा पढ्नुहोस >

फिक्कल–नयाँबजार सडकमा पहिरो नहटाउँदा दुर्घटनाको जोखिम 

रोसन काफ्ले माइजोगमाई – इलामको फिक्कल–गुप्ती–नयाँबजार सडक कालोपत्रे भएको करिब वर्षदिन भयो ।  मोटरेबल बाटोको ट्र्याक खुलेको चार दशकपछि यो बाटो कालोपत्रे भएको थियो । बाटो

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7