Facebook
Twitter
LinkedIn

झापाको पहिलो स्नातक तहको इन्जिनियरिङ कलेज  पाथिभरा इन्जिनियरिङ कलेजले पत्रकारितामा एआइ (कृत्रिम बौद्धिकता) को प्रयोगबारे प्रशिक्षण दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत अनुज पराजुलीका अनुसार बिर्तामोडको नयाँ बसपार्कस्थित कलेजको सभाहलमा आयोजना गरिएको  प्रशिक्षणमा झापाका २६ पत्रकारको सहभागिता रहेको थियो।

सन्चालित प्रशिक्षण कार्यक्रममा  वरिष्ठ कम्प्युटर इन्जिनियर प्राध्यापक शितलकुमार मण्डल र रोशन भट्टराईले फोटो, अडियो, भिडियो निर्माण, कन्टेन्ट क्रियसन र सर्च इन्जिन अप्टिमाइजेसनका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रम  कलेजका अध्यक्ष युवराज प्रसाईंको अध्यक्षतामा सम्पन्न  भएको थियो भने   प्रशिक्षणले पत्रकारको दैनिक कार्यका लागि सहयोगी र उपयोगी भूमिका निर्वाह गर्ने पराजुलीको भनाइ थियो ।

यसैबीच, कलेजकै आयोजनामा बिइ सिभिल र कम्प्युटर इन्जिनियरिङ चौथो सेमेस्टरका विद्यार्थीहरूलाई ‘प्रपोजल राइटिङ’ का विषयमा कार्यशाला  गोष्ठी समेत  सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको सहजीकरण वरिष्ठ कम्प्युटर इन्जिनियर प्राध्यापक शितलकुमार मण्डलले  गरेका थिए ।

कलेजले नियमित पाठ्यक्रमका विषयबाहेक जीवनोपयोगी विभिन्न सीपहरू, अतिरिक्त कक्षा, सेमिनार, वर्कसपमार्फत नियमित रूपमा सञ्चालन गर्दै आएको  बताइएको  छ ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >

बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले

पुरा पढ्नुहोस >

फिक्कल–नयाँबजार सडकमा पहिरो नहटाउँदा दुर्घटनाको जोखिम 

रोसन काफ्ले माइजोगमाई – इलामको फिक्कल–गुप्ती–नयाँबजार सडक कालोपत्रे भएको करिब वर्षदिन भयो ।  मोटरेबल बाटोको ट्र्याक खुलेको चार दशकपछि यो बाटो कालोपत्रे भएको थियो । बाटो

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7