नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरु गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो
Facebook
Twitter
LinkedIn

नेपाल टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आइतबारदेखि प्रयोगमा ल्याएको छ । रोबर्टको नाम मैना राखिएको छ।

रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजको विषयमा ग्राहकलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए  उनले आज मैना रोबर्टको डेमो मात्रै सुरु गरिएको जानकारी दिए। सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसाबमा विभिन्न कार्यहरू सुरु गरेको पनि  उनको भनाइ छ ।

उनले सोही लक्ष्यअनुरूप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा सुरु गरिएको बताए। उनले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताए। उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजबारे मैना रोबर्टलाई तालिम गराउने जानकारी दिए  । उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताए।

‘सुन्धारा शाखाले आजदेखि नेपाल टेलिकमको सर्भिस भेलिभरीलाई रोबर्ट प्रणालीमा जाने उद्देश्यले मैना रोबर्टबाट डेमो सुरु गरेका छौँ। रोबर्टबाट उत्कृष्ट कर्मचारी घोषणा र कार्यालयको विषयमा डेमो गर्ने कार्यक्रम भएको छ। सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालयको हिसाबमा विभिन्न कार्य सुरु गरेका छौँ। सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ। बाहिर फिल्डमा ७ देखि ७ बजेसम्म नै काम गर्छौँ। शनिबार पनि खुला हुन्छ। सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ। रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौँ। त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ। बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेज निकालिन्छ। हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौँ। नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ।’उनले भने,

सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताउदै उनले हरेक शनिबार कार्यालय खुला हुने बताए। उनले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताए।  शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

क्रुरतापूर्वक कुकुरलाई मार्ने दुई जना पक्राउ

क्रुरता पूर्वक कुकुर मार्ने दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८

पुरा पढ्नुहोस >

बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले

पुरा पढ्नुहोस >

फिक्कल–नयाँबजार सडकमा पहिरो नहटाउँदा दुर्घटनाको जोखिम 

रोसन काफ्ले माइजोगमाई – इलामको फिक्कल–गुप्ती–नयाँबजार सडक कालोपत्रे भएको करिब वर्षदिन भयो ।  मोटरेबल बाटोको ट्र्याक खुलेको चार दशकपछि यो बाटो कालोपत्रे भएको थियो । बाटो

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7