नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गरेको बताएका हुन्।
एमालेले माओवादीविरुद्ध संसद्मा अपमानित गराउँदै ‘हिंसा’ भनेको कुरा नसच्याए विरोध जारी रहने बताए।
उनलेे संविधानको सशस्त्र संघर्षसम्बन्धी व्याख्यामा माओवादी जनयुद्ध भनेर व्याख्यात्मक टिप्पणीमा राखिएको र सर्वदलीय सहमतिका आधारमा सबैको हस्ताक्षर भएको ‘डकुमेन्ट’ आफूले विपक्षी दलको नेताको हैसियतमा संसदमा पढेर सुनाएको उल्लेख गरे।
यस्तै, उनले राजनीतिमा ‘एक्जिट’ भन्ने नहुने दाबी गरेका छन्। उनले भने,‘सच्चा राजनीतिज्ञहरु बाँचुञ्जेल राजनीति गरी नै राख्छन्। मरे पनि गर्छन् भन्ने छ ‘फिलोसोपी’। मरेपछि पनि राजनीतिज्ञहरु मर्दैनन्। उनीहरुले राजनीति गरी नै राखेका हुन्छन्। राजनीतिमा ‘एक्जिट’ भन्ने वैज्ञानिक कुरा हैन।’
त्यस्तै एक फरक प्रसंगमा उपसभामुख इन्दिरा रानालाई हटाउने कुरामा आफ्नो कुनै सम्झौता नरहेको स्पष्ट पारेका छन्। ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला। जो बालबच्चाको निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय छन्। उहाँलाई हटाउन हुँदैन भन्नेमा दृढ छौँ। ´उनले भने,