बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहान ४:१४ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। प्रारम्भिक जानकारी अनुसार, भूकम्पको कारण मानवीय क्षति नभए पनि केही घरहरु क्षतिग्रस्त भएका छन्।
वडाध्यक्ष गौरी सार्कीले दिएको जानकारी अनुसार भौतिक क्षतिका विवरण सङ्कलन भइरहेको छ । “केही घरमा क्षति भएको हुन सक्छ, तर अहिलेसम्म मानवीय क्षतिबारे कुनै सूचना प्राप्त भएको छैन,” उनले भने ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले पनि मानवीय क्षति नभएको पुष्टि गरेका छन् ।धेरै ठाउँमा भूकम्पको धक्का महसुस भए पनि कुनै गम्भीर क्षतिको सूचना नआएको उनलेे बताए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु गोत्री क्षेत्र नै थियो भने यस भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।