मंकीपक्सका कारण प्रजातान्त्रिक गणतन्त्र कंगोमा ५ सय ७० जनाको ज्यान गएको छ ।
कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७ सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५ सय ७० जनाको ज्यान गएको जानकारी दिएका छन् । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरु रहेका छन । डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । सरकारको हस्तक्षेपले देशभित्र ठुलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको त्यहाँका स्वास्थ्य मन्त्रीको दावी छ ।