गोविन्द पौडेल
रोङ । इलामको रोङ गाउँपालिकामा बसोबास गरिरहेका नागरिकहरुको आँखा र कान जाँचिने भएको छ । गाउँपालिकाभरि ३५ स्थानमा आँखा र कानको शिविर चलाइने भएको हो ।
यो अभियान करिब डेढ महिनासम्म चल्नेछ । आगामी भाद्र ४ गतेबाट असोज १७ गतेसम्म हुने पालिकाभरिका ४० वर्षमाथिका नागरिक, विद्यालयका सबै विद्यार्थीहरूको आँखा र कानको परीक्षण गरिने भएको हो । शिविरमा आवश्यक औषधि पनि नि:शुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
रोङ गाउँपालिका, नेत्र ज्योति संघ इलाम र विराटनगर आँखा उपचार केन्द्रको सयुक्त सहयोगमा शिविर हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले जानकारी दिए । हुने शिविरमा परामर्ष, सामान्य उपचारलगायतको हुनेछ । शिविरमा शल्यकृया गर्नुपर्ने भेटिएका बिरामीको पालिकाकै कुनै स्वास्थ्य चौकीमा नि:शुल्क शल्यकृया गरिने उनले बताए । यस्तै, जटिलखालका समस्या भेटिएमा पालिकाकै सहयोगमा सुविधा सम्पन्न अस्पतालमा पठाएर उपचार गरिने उनले बताए ।
आगामी भदौ ४ गते वडा न १ बाटट सुरु हुने शिविर भदै ११ गतेसम्म सोही वडाका विभिन्न सात स्थानमा चल्नेछ भने वडा न २ मा भदौ१२ देखि १८ गतेसम्म वडाका ५ स्थानमा, वडा न ३ मा भदै १९ देखि २८ गतेसम्म फरक-फरक टोलमा,वडा न ४ मा भदौ ३० बाट असोज ३ सम्म ,वडा न ५ को विभिन्न ६ स्थानमा असोज ६ गतेबाट ११ गतेसम्म र वडा न ६ का ५ स्थानमा असोज १३ बाट १७ गतेसम्म हुने तालिका रहेको प्रमुख काफ्लेले बताए ।
शिविरकै क्रममा रोङभित्रका सबै विद्यार्थीको रगत समूह पहिचान र किशोर किशोरीको हेमोग्लोबिन समेत परीक्षण गरिने भएको छ । देश संघीयत संरचनामा गए सँगै राेङ गाउँपालिकाकाे टाेलटाेलमै नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउन थालेकाेले महसुस गरेका छन् ।गाउँपालिकामा मासिकरुपमा उपलब्ध स्वास्थ्यकर्मीहरुकाे प्रयाेग गरि टाेल स्तरमा घुम्ती शिबिर र समयसमयमा बिशेषज्ञ शिबिर संचालन हुदै आएका छन् ।