Facebook
Twitter
LinkedIn

कार्तिक २४,
कन्याम पोस्ट संवाददाता ।
 ।फाकफोकथुम गाउँपालिका ७ एकतप्पा स्थित दोकान डाँडामा खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबल प्रतियोगिताको फाइनलमा कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ एफसी चुलाचुली  प्रवेश गरेका छन् ।

जनकल्याण माविको खेलमैदानमा शुक्रबार भएको दुवै सेमिफाइनल खेलमा कोलबोटे र चुलाचुली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा कोलबोटेले फाल्गुनन्द एफसीलाई २-० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

साविक विजेतालाई पराजित गर्न दुवै गोल शुकराज राईले गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बन्दै नगद पुरस्कार पाउन सफल भए ।

यस्तै, अन्तिम सेमिफाइनल खेलमा चुलाचुलीले आङसराङ फाइभ स्टार एफसीविरुद्ध ३-१ गोलअन्तरले स्पष्ट जित निकालेको हो । चुलाचुलीका लागि दिवश श्रेष्ठले एक गोल गरे भने अनिल भण्डारीले २ गोल गरेका हुन् । आङसराङका लागि मदन लिम्बूले मात्र गोल गरेका थिए ।यही कार्तिक २५गते फाईनल खेल आयोजना हुने यस प्रतियोगितामा १६ टोली सहभागी छन् ।प्रतियोगिताको विजेताले नगदद १ लाख २५ हजार तथा उपविजेताले नगद ७५ हजार प्राप्त गर्ने बताईएको छ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7