Facebook
Twitter
LinkedIn

कन्यामपोस्ट संवाददाता ।

ईलाम  । फाकफोकथुम गाउँपालिका ७ एकतप्पा स्थित दोकान डाँडामा खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबलएकतप्पा प्रतियोगितामा आजको खेलबाट कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ एफसी चुलाचुली विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जनकल्याण माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा कोलबोटेले जुनतारा एफसी माङसेबुङलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम बन्यो ।

कोलबोटेका लागि दिनेश शेर्माले खेलको ७ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । १ मिनेटपछि सन्तोष लिम्बूले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

यस्तै, खेलको ४९औँ मिनेटमा शुकराज राईले थप गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद पुरस्कार र ट्रफी पाउन सफल भए ।

माङसेबुङका लागि ३५औँ मिनेटमा कप्तान मनु लिम्बूले गोल गरे पनि खेलमा फर्कन सकेन । माङसेबुङ दोस्रो चरणमै घर फर्कियो ।

यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा चुलाचुलीले टाइब्रेकरमा बाजी मारेको हो । उसले स्पर्धी लिटल किकर्स एफसी दमकलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

खेलको निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा दकलाई ४-२ गोलअन्तरमा पराजित गर्दै चुलाचुलीले सेमिफाइनल यात्रा तय गर्यो । खेलको म्यान अफ दी म्याच गोलकिपर युविन राई भए ।

 
यही कार्तिक २५गते फाईनल खेल आयोजना हुने यस प्रतियोगितामा १६ टोली सहभागी छन् ।प्रतियोगिताको विजेताले नगदद १ लाख २५ हजार तथा उपविजेताले नगद ७५ हजार प्राप्त गर्ने बताईएको छ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7