Facebook
Twitter
LinkedIn

कन्यामपोस्ट संवाददाता ।

ईलामको फाकफोकथुम ७स्थित स्थानीय फाल्गुनन्द खेलकुद विकास समिति फाकफोकथुम ७ र पाँचथरको फाइभ स्टार क्लब आङसराङ दोकान डाँडामा जारी शुभ दीपावली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् 
जनकल्याण माविको खेलमैदानमा बुधबार भएको पहिलो खेलमा फाल्गुनन्दले फुङ्वा युवा क्लब फुएतप्पालाई ३(१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । फाल्गुनन्दका लागि कप्तान तारा फागोले खेलको ७औँ मिनेटमा गोल गरेका थिए ।

१६औँ मिनेटमा सुबास तामाङले गोल गर्दै अग्रता दिलाए भने १८औँ मिनेटमा म्याग्नेट लिम्बूले थप गोल गरे । उनी म्यान अफ दी म्याच भए । फुएतप्पाका लागि आइकल लिम्बूले मात्र खेलको ३२औँ मिनेटमा एक गोल फर्काए । फाल्गुनन्दले खेल जिते पनि दर्शकको मन फुएतप्पाका खेलाडीले जितेका थिए ।

दोस्रो चरणको दोस्रो खेलबाट आङसराङ सेमिफाइनलमा स्थान बनाउने दोस्रो टोली बन्यो । स्पर्धी देउराली युनाइटेड मेटालुङलाई २-१ गोलअन्तरले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । आङसराङका लागि लोकेन्द्र थापाले नै २ गोल गरेका थिए ।

खेलको ६ र ७ मिनेटमा लोकेन्द्रले गोल गरेका हुन् । उनी म्यान अफ दी म्याच बने । देउरालीका लागि भने विवेक सुनामले ४७औँ मिनेटमा गोल गरे पनि टोली खेलमा फर्कन सकेन । फाकफोकथुम ६ नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगदद १ लाख २५ हजार तथा उपविजेताले नगद ७५ हजार प्राप्त गर्ने बताईएको छ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7