कन्याम पोस्ट संवाददाता ।
ईलाम ।यहि कार्तिक २३गते देखि ईलाममा संचालन हुन गईरहेको प्रदेश स्तरीय सन्तोष अधिकारी स्मृति रेटिङ बुद्धिचाल प्रतियिोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल बुद्धिचाल संघ प्रदेश कोशी को आयोजनामा हुन लागेको ३ दिवसीय प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन आयोजना गरी आयोजकले जानकारी दिएको छ ।
सदरमुकाम स्थित चियाबारीमा संचालन हुने प्रतियोगितामा प्रदेशभरीका दुईसय बढी खेलाडीको सहभागिता रहने बताईएको छ । विभिन्न विधामा खेल संचालन हुनेछन् । विविध विधाका खेलमा फरक फरक राशीको पुरस्कारको व्यवस्था गरेको छ ।
प्रतियोगिताका खुल्लातर्फ दशौं स्थानसम्म हासिल गर्न सफल खेलाडीले नगद पुरस्कार पाउनेछन् । पहिलो स्थान हासिल गर्ने खेलाडीले ३५ हजार, दोश्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार, तेश्रो स्थान हासिल गर्ने खेलाडीले १५ हजार, चौथो स्थान हासिल गर्ने खेलाडीले १० हजार, पाँचौं स्थान हासिल गर्ने खेलाडीले ८ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै छेटौं स्थान हासिल गर्ने खेलाडीले ७ हजार, सातौं स्थान हासिल गर्ने खेलाडीले ६ हजार र आठौं, नवौं र दशौं स्थान हासिल गर्ने खेलाडीले ५र५ हजार रुपैयाँ पाउनेछन् ।
विद्यार्थी, अनरेटेड, भेट्रान र महिलातर्फ पहिलो स्थान हासिल गर्ने खेलाडीले ५र५ हजार र दोश्रो स्थान हासिल गर्ने खेलाडीले ४र४ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै १४ सय तल, पहाडी र शारीरिक रुपमा अशक्ततर्फका पहिलो स्थान हासिल गर्ने खेलाडीले ५र५ हजार रुपैयाँ पाउनेछन् ।
त्यसैगरी रेटेड इलामतर्फ पहिलो स्थान हासिल गर्ने खेलाडीले ५ हजार, दोश्रो स्थान हासिल गर्ने खेलाडीले ४ हजार, तेश्रो स्थान हासिल गर्ने खेलाडीले ३ हजार र चौथो स्थान हासिल गर्ने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् । अनरेटेड इलाम, १६ वर्ष मुनिको इलाम, उत्कृष्ट विद्यालयतर्फ पहिलो स्थान हासिल गर्ने खेलाडीले ३ हजार र दोश्रो स्थान हासिल गर्ने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
त्यसैगरी उदयीमान खेलाडी इलाम पुरुष र महिला तर्फका पहिलो स्थान हासिल गर्ने खेलाडीले ३र३ हजार रुपैयाँ पाउने नेपाल बुद्धिचाल संघ प्रदेश अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।
प्रतियोगिता स्विस लिगको नियममा खेलाइनेछ । प्रतियोगितामा सहभागिता जनाउन एक हजार र पाँचसय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । ७ राउण्डमा खेलाइने प्रतियोगिताको प्रमुख आर्बिटर एफए दिपेश गिरी रहनेछन् । इलाममा खेल पर्यटनको विकाससँगै बुद्धिचाल खेलमा आकर्षण गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ले जानकारी दिएको छ।