Facebook
Twitter
LinkedIn


कपो संवाददाता ,

विराटनगर ।ठूलो दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्री नियुक्ति भएका हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्ति भएका थिए ।

मुख्यमन्त्री भएको ३० दिन भित्र बिश्वासको मत लिनुपर्ने छ कार्कीले विश्वासको मत पाउने अवस्था अहिलेसम्म देखिएको छैन । कोशी प्रदेशमा ठुलो दलको रुपमा रहेको नेकपा एमाले सँग उपसभामुख सहित प्रदेश सभामा ४० सदस्य छन । सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखलले सभा चलाउदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन ।

एमालेलाई साथ दिदै आएको राप्रपाले विश्वासको मत पाउने आधार नभए यस पटक विश्वासको मत नदिने प्रष्ट पारेको छ। प्रदेशमा रहेका नेपाली काङ्ग्रेस माओवादी एकीकृत समाजवादी र जसपाले कार्कीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।

कोशी प्रदेश सभामा काङ्रेसको २९, माओवादीको १३ समाजवादीको ४ र जसपाको १ सदस्य रहेका छ्न । विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेस सभा बोलाईएको छ ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7