Facebook
Twitter
LinkedIn

ईलाम ।संविधान सभाका अध्यक्ष तथा ईलाम क्षेत्र नम्बर २बाट गत संघीय संसदमा निर्वाचित सुवास चन्द्र नेम्वाङको निधन पछि रिक्त रहेको इलाम क्षेत्र नं. २ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्र थापालाई अघि सार्ने भएको छ । उक्त क्षेत्रमा उप निर्वाचनको लागि एमालेबाट झलनाथ खनाल र कांग्रेसबाट डम्बर खड्काको नाम चर्चामा छ रास्वपाबाट आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम चर्चामा आएको हो ।

नेकपा एमालेले स्व.सुवास नेम्वाङका छोरा सुवाङ्ग नेम्वाङलाई बावुकोलस्थानमा उम्मेद्वारी दिने सक्ने हल्ला चलिरहेको बेला नेकपा समाजवादीले कोशी प्रदेश सरकार गठनमा एमालेलाई सहयोग गर्ने र पार्टी एकताको विषयलाई सहज बनाउन पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई उम्मेद्वार बनाउने सम्भावना बलियो रहेको एमाले स्रोतले बताएको छफ

गत निर्वाचनमा स्वर्गीय नेम्वाङसँग झिनो मतले पराजित खड्का पनि सशक्त उम्मेद्वारको रुपमा देखिएका छन् । पार्टी जनाधार बलियो र रास्वपा जन आकर्षण बढाउदै लगेको रास्वपाबाट थापाको नाम चर्चामा आएसँगै इलाम २ मा हुने आगामी उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुन सक्ने आकलन राजनीतिक विश्लेषक हरुले गर्न थालेका छन ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7