Facebook
Twitter
LinkedIn

इलामको रोङ गाउँपालिका–४, पहरीगाउँ र याङ्रेस्थित छाँगेखोला आसपासमा बाघ आएको हल्ला भए पछि स्थानीय त्रसित बनेका छन् । 

उक्त क्षेत्रमा सम्भावना निकै कम भएपनि पाटेबाघ नै आएको हल्ला फैलिँदा स्थानीयमा त्रास बढेको हो । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले गत मंगलबार आफ्नो फेसबुकमा बाघ आएकाले ‘सावधान, सावधान, सावधान’ भन्दै सूचना लेखेका थिए । 

उनले सूचनामा सुरक्षाको रणनीति अपनाइने पनि जनाए । ‘उक्त बाघ बच्चासहित हुनसक्ने जिल्ला वनमार्फत जानकारी आएको छ,’ अध्यक्ष स्याङ्बोले लेखेका छन्, ‘बच्चासँग रहेको बाघ बढी आक्रामक स्वाभावको हुनाले होहल्ला, तर्साउने, खेदाउने कार्यसमेत नगर्नुहोला ।’

अध्यक्ष स्याङ्बोका अनुसार यहाँको मानाबुङ क्षेत्रमा केही दिनअघि बाख्रा, गाई र भैंसीसमेत बाघले हत्या गरिसकेको छ । 

वडा ४ का वडाध्यक्ष राजकुमार लाप्चा पनि गाउँमा बाघ आएको हल्ला फैलिएको बताउँछन् । ‘बाघ नै हो कि होइन भन्ने यकिन छैन तर प्रत्यक्षदर्शी बाघ नै हो भन्छन्,’ उनले भने, ‘पशुहरू क्षति गरेको देख्दा त बाघै हो कि जस्तो पनि लाग्छ ।’ जनधनको थप क्षति हुन नदिन वडाले पनि प्रयत्न गरिरहेको जनाए । उनले बाघ आएर जंगलमा बसेको छ भन्ने सोचेर गाउँ नै त्रसित रहेको बताए । 

डिभिजन वन कार्यालयले भने गाउँमा बाघ आएको भन्दै मंगलबार पालिकाबाट खबर आएको जनाएको छ । तर, पहिचान हुन नसकेको डिभिजनका सूचना अधिकारी गजेन्द्र श्रेष्ठले बताए । 

‘बाघ नै आएको हो भन्ने त लाग्दैन, कतिपयले उस्तै देखेर चितुवालाई पनि बाघ भनिदिन्छन्,’ उनले भने, ‘के आएको हो भन्ने पहिचान भएको छैन ।’ वन अधिकृत श्रेष्ठले स्थानीयले वनमा रहेको ‘बाघ’ धपाइदिन आग्रह गरेको बताए । 

‘जंगलभित्र बाघ भएपनि हटाउने भन्ने त हुँदैन र यो डिभिजनले भन्दा पनि वन्यजन्तु आरक्षले मात्रै गर्नसक्छ,’ श्रेष्ठ भन्छन्, ‘यहाँको भूगोलमा बाघ नै आउँछ भन्ने लाग्दैन, हामी अध्ययन चाहिँ गर्दैछौं ।’ उनलेे भने

बाघ फराकिलो जंगलमा मात्रै बस्ने, बीच–बीचमा बस्ती भएको ठाउँमा एउटा जंगलबाट अर्काेमा नजाने, उसलाई बाँच्ने आहार पनि जताततै पर्याप्त नहुने भएकाले बाघ नै आउने सम्भावना निकै कम रहेको तर अध्ययन भने गरिएको बताए बाघ समूहमा बस्ने, एक्लै नहिड्ने भएकोले यश क्षेत्रमा बाघ पाईनु दुर्लभ घटना हुने श्रेष्ठले बताए ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7