• डायमण्ड तिम्सिना
रोङ।रोङ गाउँपालिकाले महिला हरुलाई क्षमता अभिवृद्धि गर्न तथा आर्थिक अवस्थामा सुधार ल्याउनको लागि १० दिने नौमती पन्चेबाजा बजाउने तालिम संचालन गरेको छ ।हराउँदै गएको संस्कार, संस्कृति ,लोक बाजा,नौमती बाजा,संगिनी नृत्य आदिजस्ता कार्य हरु लोपहुदै गएको अबस्थामा रोङ गाउँ पालिका महिला बालबालिका शाखा ले यसो जगेर्ना गर्ने उदेश्य ले यस्तो किसिमको तालिम संचालन गरेको महिला बालबालिका शाखा प्रमुख राधिका तामाङ ले बताउनु भयो ।रोङ संङ्गिनि समुह का १५ जना महिला हरुलाई महिला समुहकै माग अनुसार तालिम संचालन गरेको रोङ गाउँ पालिका अध्यक्ष मणिकुमार स्याङ्बो ले बताउनु भयो।तालिम माता पाथिभरा महिला नौमती बाजा ट्रेडिङ सेन्टर बिर्तामोड का प्रशिक्षक कलाकार तारादेबी आचार्य र टिकादेवी प्रसाई ले सहजीकरण गरिरहनु भएको छ भने तालिम पौष१३ गतेसम्म सन्चालन हुने छ।