ईलाम।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला सभापतिमा टीका ओडारी चयन भएका छन्। आज इलाम सदरमुकाममा सम्पन्न पार्टीको जिल्ला भेलाले ओडारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिमा सन्तोष श्रेष्ठ उपसभापति, गोकुल राई सचिव, दिनेशकुमार महत सहसचिव र कमला थापा कोषाध्यक्ष चयन भएका छन्।
यस्तै, सदस्यहरूमा गणेश कार्की, मिङ्मा शेर्पा, सविता दास, पवित्रा कार्की राउत, कमला अधिकारी र प्रतीक बोहोरा चयन भएका छन्।
पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईंको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सभापति ओडारीले जानकारी दिए।