रोसन काफ्ले
ईलाम ।इलाममा जारी दोस्रो इलाम गोल्डकपको उपाधी डिफेन्डिङ च्याम्पियन एनआर्टीले लिग विजेता चर्च ब्वाइजलाई ३/० गोल अन्तरले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ । आज भएको फाइनल खेलमा लिग विजेता चर्च ब्वाइजलाई सुरुवाती दवाबमा राखेको एनआर्टीले पहिलो हाफको पच्चीसौ मिनेटमा अग्रता लियो । जय गुरुङको उत्कृष्ट कर्नरलाई एनआर्टीका विदेशी खेलाडी नेमारले गोल गरे । थुप्रै अवसर पाएको चर्च ब्वाइजले कुनै पनि मुभ बनाउन सकेन ।
दोस्रो हाफमा पनि दवाबमा राखेको डिफेन्डिङ च्याम्पियन एनआर्टीले पनि थुप्रै अवसरहरु गुमायो । खेलको चवनौ मिनेटमा डि बकस एरियामा एनआर्टीका कप्तान अञ्जन विष्टलाई लडाएपछी पेनाल्टी पाएको एनआर्टीलाई खेलमा दोब्बरको अग्रता बनाउने अर्को अवसरलाई कप्तान विष्टले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यस्तै चौसट्ठीऔ मिनेटमा जय गुरुङको क्रस पासलाई कप्तान अञ्जन विष्टले हेडिङ मार्फत गोल गर्दै दोस्रो संस्करणको इलाम गोल्डकपको उपाधी माथी कब्जा गर्यो । पाएको थुप्रै अवसरहरुलाई सदुपयोग गर्न नसक्दा लिग विजेता चर्च ब्वाइजले उपविजेतामा चित्त बुझायो । आजको खेलको म्यान अफ द म्याच एनआर्टीका शिशिर लेखी घोषित भए उनले नगद रु ८ हजार १ सय प्राप्त गरे ।
विजेता बनेको एनआर्टीले नगद रु १० लाख , ट्रफी , मेडल र प्रमाणपत्र पायो भने उपविजेता बनेको चर्च ब्वाइजले नगद रु ५ लाखमा चित्त बुझायो ।
उत्कृष्ट डिफेन्स एनआर्टीका आशिष गुरुङ , उत्कृष्ट गोलरक्षक एनआर्टीका विशाल सुनार , उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की , उदयीमान खेलाडी रेडहर्ष फुटबल क्लबका अर्जुन गुरुङ , उत्कृष्ट प्रशिक्षकमा एनआर्टीका जीवन सिन्कमान र उत्कृष्ट खेलाडी एनआर्टीका अञ्जन विष्ट घोषित भए उनिहरुले नगद रु ११ हजार ५ सय र ट्रफी प्राप्त गरे भने सर्वाधिक गोलकर्ता एनआर्टीका अञ्जन विष्ट घोषित हुन पुगे उनले नगद रु ३५ हजार र ट्रफी प्राप्त गरे । त्यस्तै रेडहर्ष फुटबल क्लबलेयो बर्षबाट प्रदान गर्ने खेल पत्रकारिता पुरस्कार इलामका पत्रकार गणेश घिमिरेले प्राप्त गरे ।