गोबिन्द पौडेल
मंसिर २७ ,
रोङ।राेङ गाउँपालिकाले हरेक बर्ष गर्दै आएकाे राष्टपतिकप आज सकिएकाे छ ।बालबालिकाहरुकाे खेल बिकास र खेल प्रतिभाकाे प्रस्तुतिकाे लागि गरिने अन्तर बिद्यालय राष्ट्रपति कप प्रतियाेगिता गत मसिर २५ गतेवाट ३ दिनसम्म चलेर आज सकिएकाे हाे ।शान्ति निकेतन माध्यामिक बिध्यालयकाे खेलमैदानमा भएकाे प्रतियाेगितामा बिचिन्न नाै वटा माध्यामिक बिध्यालयका बिध्यार्थीहरुले भाग लिएका थिए जसमा २१ स्वर्ण १६ कास्य ८सहित शान्ति निकेतन मा बि पहिलाे ,७ स्वर्ण २ कास्य १ रजत सहित माेतिराम दाेश्राे,५ स्वर्ण,५ रजत र ५ कास्य सहित शान्तिपुर माबि तेश्राे भएकाे थियाे । यसैगरि सरस्वती माबि रम्भ्याङले ५ स्वर्ण र २ रजत ,शशि मा बि वदमटारले५ स्वर्ण ४रजत ६ कास्य, सरस्वती मा बि भालुझाेडाले २ कास्य र ४ रजत ,बहुवन मा बि ले१ रजत र २ कास्य अनि कुवापानी मा बि ले२वटा कास्य पदक जितेकाे थियाे । कार्यक्रममा बिजेता खेलाडीहरुले मेडल र प्रमाणपत्र पाएका थिए भने प्रथम, दाेश्राे तथा तेश्राे हुने बिद्यालयहरु ले शिल्ड र कप पाएका थिए ।
पालिकाकाे खेलकुम्भ मानिने राष्ट्रपति कपवाट छनाैटमा परेका खेलाडीहरु जिल्ला स्तरीय राष्टपति कपका लागि याेग्य हुनेछन् । खेल क्षेत्रमा वालबालिकाहरुकाे उत्साहप्रद लगाव देखिएपनि राेङ गाउँपालिकाले बिद्यालयहरुमा खेल सामाग्री र न्यूनतम खेल मैदानकाे पूर्वाधार समेत पुर्याउन भने सकेकाे छैन ।