Facebook
Twitter
LinkedIn

कन्याम ।चियाको राजधानी सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानीमा कन्याम चिया बगाननको मुटुमै निर्मित  टिटेस्टिङ एन्ड प्रोमोसन सेन्टर यही मंसिर २७ देखि सञ्चालन गरिने भएको छ । सूर्याे दयका मेयर रणबहादुर राईले जानकारी दिए अनुसार सेन्टर उद्धाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कन्याम आउने  कार्यक्रम तय भएको छ भने उद्घाटन समारोहमा  प्रदेशका अरू मन्त्रीसमेत आउने कार्यक्रम रहेको छ।
टेस्टिङ एन्ड प्रोमोसन सेन्टरको निर्माण २०७६साल बाट शुरु भएको थियोे भने अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको छ र आवश्यक उपकरणसमेत जडान भएका छन् ।
अब केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ । आवश्यक थप उपकरण व्यवस्थापन गरिँदै लगिएको छ
सूर्योदय नगरपालिका प्रमुख राईका अनुसार  नव निर्मित सेन्टर इलामका लागिमात्र होइन,  देशकै लागि नमुना हुनेछ।  ‘चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबैखाले अध्ययन यही केन्द्रमा हुनेछ ।’नगरप्रमुख राईले भने।
चियाले प्रख्यात इलामको पनि कन्याम चियाबारीबीचमा निर्मित केन्द्रमा पर्यटकसमेत आकर्षित हुनेछन् । यसले चियाको व्यापार प्रवद्र्धनमा समेत सघाउने कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बताए ।
‘अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवद्र्धन गर्नमा किसानलाई समस्या भइरहेको छ,’ मन्त्री रानामगरले भने, ‘अब कन्याममा नेपालकै नमुनाका रूपमा यो केन्द्र स्थापना भएको छ ।’
राईले केन्द्रमा विश्वभरका जो–कोही चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ)ले चियाको गुणस्तर जाँच गर्न सक्ने बताए । त्यतिमात्र होइन, कन्याम घुम्न आउने पर्यटकले समेत थरिथरिका चिया चाख्न पाउने नगरले जनाएको छ ।
सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको बताउदै  मेयर राईले टि टेस्टिङ नगरअन्तर्गत नै हुने तर अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने जानकारी दिए।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7