गाेबिन्द पाैडेल
राेङ ,१२ मसिर
ईलामकाे राेङ गाउँपालिकामा ६५ जना को आँखाको निशुल्क शल्यक्रिया सम्पन्न भएको छ।
बिराटनगर आँखा अस्पताल को प्राबिधिक सहयोग , नेत्र ज्योति संघ र रोङ गाउँपालिकाको संयुक्त आयोजनामा गत साउन देखी४५ दिन लगाएर टाेलटाेलमा आँखा राेगीकाे खाेजी गरि शल्यक्रिया गर्नुपर्ने समस्या देखिएकाे राेगिहरुकाे लागि मंसिर ८,९ र १० गते स्वास्थ्य चाैकि हर्कटेमा यातायात र आवास सहितको ब्यवस्था गरि आँखा शिबिरमा ६५ जनाकाे शल्यकृया गरिएकाे राेङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए ।
शिबिर सम्पन्न गर्न सहयोग पुर्याउने चिकित्सक,स्वास्थ्य कर्मी,जनप्रतिनिधिहरु,यातायात ब्यवसायि कर्मचारी हरु सबै प्रति आभार ब्यक्त गरेकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले वताए ।
१ सय ७९ जनाकाे शल्यकृया गरिने लक्ष्य अनुरुपको उपस्थिति कम भएको ले अलिक खल्लो लागेको र यसकाे कारण सहितकाे समिक्षा हुने शाखा प्रमुख काफ्लेले बताए।