Facebook
Twitter
LinkedIn

sharethis sharing button

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनी गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परी कास्की लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछाने पक्राउ परेलगत्तै उनीविरुद्ध रुपन्देही, चितवन, काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रहरी हिरासतमा रहेका लामिछानेले अहिलेसम्म कास्की र रुपन्देहीमा बयान दिइसकेका छन् । उनले दुवै ठाउँमा सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आएका छन् । सहकारी ठगी प्रकरण छानविनका लागि बनेको संसदीय विशेष समितिले समेत सहकारी ठगीमा उनको संलग्नता नरहेको रिपोर्टमा उल्लेख थियो ।

तर, सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका लामिछाने तब तीन छक परे सहकारी ठगी प्रकरणमा अनुसन्धान अधिकारीहरुले तब चेक देखाइदिए । ।उक्त चेक लामिछाने आफैंले हस्ताक्षर गरी सुप्रिम सहकारीलाई दिएका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीको भनाइ अनुसार आफैंले हस्ताक्षर गरी सुप्रिमलाई दिएको चेक देखेपछि लामिछाने केही समय घोरिएका थिए । ती अनुुसन्धान अधिकारीका अनुसार त्यसपछि लामिछानेले आफ्नो चेक दुरुपयोग भएको जवाफ दिए । गोर्खा मिडियामा कार्यकारी निर्देशक रहेको बेला कहिलेकाहीँ खाली चेकमा समेत हस्ताक्षर गरेर छाड्ने गरेको र त्यो चेक त्यतिबेला नै दुरुपयोग भएका हुनसक्ने लामिछानेको जिकिर थियो ।

facebook sharing button
twitter sharing button
whatsapp sharing button
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7