Facebook
Twitter
LinkedIn

वैदेशिक रोजगारीको विकल्पमा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको एक सय दिनको रोजगारीले युवालाई आकर्षण गर्न सकेको छैन । चालु आर्थिक वर्ष २०८१/८२ का लागि आआफ्नो पालिकामा बेरोजगारी सूचीमा सूचीकृत सात लाख ९७ हजार ७२५ जनामा साउनदेखि मङ्सिर ७ गतेसम्म जम्मा ४८७ जना रोजगारीमा संलग्न भएका छन् ।

चालु आवमा देशभरबाट सूचीकृतमध्येबाट ६० हजारलाई मात्रै न्यूनतम एक सय दिनको रोजगारी दिने हुँदा पाइने ग्यारेन्टी नहुने र पाइहाले पनि छोटो अवधिको हुने भएकाले यो कार्यक्रमले युवालाई आकर्षित गर्न नसकेको हो ।

सरकारले पटक पटक सुधारको घोषणा गरे पनि यो कार्यक्रमले अपेक्षित रूपमा रोजगारी सिर्जना गर्न नसकेको पछिल्लो चार महिनामा रोजगारीमा संग्लन भएको सङ्ख्याले नै पुष्टि गर्छ । सरकारी अधिकारीको भनाइले अझ त्यसलाई बल पु¥याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता वसन्तबहादुर बोहोराले यस पटक ४६८ वटा पालिकामा कार्यस्थलमा आधारित ५० दिने तालिम सञ्चालन भइरहेकाले पनि हाल प्रगति कम देखिएको जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आवमा लिएको लक्ष्यको ५० प्रतिशतले फागुनसम्म रोजगारीमा संग्लन हुने दाबी उहाँले गर्नुभयो । उहाँका अनुसार हाल धेरै जसो पालिकामा आयोजना छनोटको काम भइरहेको छ ।

बेरोजगारलाई तालिमसहित न्यूनतम रोजगारी दिने उद्देश्यले २०७५ फागुन १ गतेदेखि सुरु भएको यस कार्यक्रमका लागि यस पटक ६० हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य रहेको छ । मन्त्रालयका अनुसार यो कार्यक्रमका लागि छ अर्ब नौ करोड ४५ लाख रुपियाँ विनियोजन गरेको छ । पहिलो चार महिना (साउन–मङ्सिर ७ गते) सम्म छ करोड ७३ लाख, ३० हजार ९१६ मात्रै खर्च भएको छ । सरकारले यस वर्ष विपत्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनामा पनि कार्यक्रमको बजेट खर्च गर्न सक्ने व्यवस्था गरेको छ ।

यो कार्यक्रमका लागि विनियोजन भएको बजेट आवको अन्तिम जेठ र असारमा बढी खर्च हुँदै आएको छ । यो कार्यक्रम वर्षा सुरु हुने बेलामा कम प्रतिफल दिने आयोजनामा श्रमिकलाई काम लगाएर बजेट खर्च गर्ने गरेको भन्दै सरकारको सुरुदेखि आलोचना हुने गरेको छ । विश्व बैङ्कको ऋण लगानी भएको यो कार्यक्रमले अपेक्षित नतिजा दिन सकेको छैन । सङ्घीय सरकारले बनाएको कार्यविधि अनुसार पालिकाले बजेट खर्च गर्ने गरी यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत पालिकाले सडक मर्मत, ढल, खानेपानी, कुलोकुलेसा मर्मत र सरसफाइका साना आयोजना सञ्चालन गरेर बढीमा एक सय दिनसम्म रोजगारी दिने गरेको छ ।

आव २०८०/८१ सम्ममा ४८ अर्ब ७१ करोड खर्च गरिसक्दा पनि कार्यक्रमबाट राम्रो नतिजा नआएपछि श्रम मन्त्रालयले यो कार्यक्रमलाई पुनर्संरचना गर्ने गरी मसौदा तयारी छलफल सुरु गरेको जनाएको छ । कार्यक्रमको कार्यान्वयन मोडालिटीमै प्रश्न उठेपछि पटक पटकको पुनर्संरचनाको घोषणा गरेको श्रम मन्त्रालयलाई पछिल्लो पटक बाध्यता भएर मसौदा तयार गरेर छलफल सुरु गरेको हो । गत आव २०८०/८१ को बजेटमा उत्पादनशील रोजगारी सिर्जना गर्ने र श्रम बजारको नतिजामा सुधार गर्ने उद्देश्यसहित कार्यक्रम ढाँचामा परिमार्जन गर्ने उल्लेख थियो । गोरखापत्रबाट

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7