बुबाआमाले छोरीको विहेको समय उसलाई धन र सामान दिने परम्परा प्राचीन कालदेखि नै चलिआएको छ । तर, केही यस्ता घटना पनि भए, जसमा दाइजोको रुपमा अनौठो चीज दिइयो । यिनै प्रसंगबारे यहाँ तपाईलाई बताउँछौ ।
१. दुलहीको तौल बराबरको साबुन – बीसौँ शताब्दीको कुरा हो, फ्रान्समा ले ब्ल्याक नामका व्यक्ति थिए, जसले पेरिसकी एक युवतीसँग विवाह गरे । उनका ससुरा हेयरड्रेसर थिए, उनले आफ्नी छोरीलाई दाइजोमा थुप्रै पैसा दिनका साथै छोरीको तौल बराबरको पनि साबुन पनि दिए ताकि ज्वाईले सर–सफाईमा ध्यान राखोस् ।
२. जादुगर नासपाती – स्कटल्याण्डको दन्त्य कथामा १३औँ शदाब्दीको जादुगर सर ह्युगो डे गिफरर्डको उल्लेख पाइन्छ । भनिन्छ, उनले आफ्नी छोरीलाई एक जादुवाल नासपाती दाइजोमा दिएका थिए । उनले यदी नासपातीलाई चोट पुगेमा ज्वाई पट्टिका सदस्यलाई पनि चोट पुर्याउने छोरीका सासु–ससुरालाई बताएका थिए । कहानी अनुसार, एक पटक उनका ज्वाईले ऋण चुकाउन नासपाती बेचिदियो, जसपछि उसको र उनका भाईहरुको डुबेर मृत्यु भयो ।
३. दाइजोमा मुम्बई सहर – पोर्चुगलकी राजकुमारी क्याथरिन ब्रगांजाको बेलायतका चार्ल्स द्धितीयसँग विवाह भयो । पोर्चुगलीले गुजरातको बहादुर शाहबाट मुम्बई जितेका थिए । जब क्याथरिनको विवाह भयो, उसलाई दाइजोको रुपमा हालको मुम्बई सहर चाल्र्स द्धितीयलाई दिइयो ।
४. गिगी चाओ – गिगी चाओ चीनका अरबपति व्यक्ति सेसिल चाओकी समलिंगी छोरी हुन् । उनका बुबा आफ्नी छोरीको समलिंगी भएकोमा दुखी थिए र जो युवक गिगीलाई आफूसँग विवाह गर्न तयार गर्न सक्छ, उसलाई ६५ लाख डलर दिने अफर गरेका थिए । थुप्रै प्रस्ताव आए तर कसैले पनि गिगीलार्य मनाउन सकेनन् । अन्ततः सेसिलले आफ्नी छोरीको लिंग पहिचानलाई स्विकार गरे ।
५. वु रुबियाओकी छारीको विवाह – चीनका धनी उद्योगपति वु रुबियाओले सन् २०१२ मा छोरीको विवाह गरिदिए र दाइजोमा उनले सुनले भरिएको ४ वटा बाकस, कार र पैसा दिएका थिए । यति मात्रै होइन उनले आफ्नो ज्वाईलाई पनि कम्पनीमा ८० लाखको सेयर दाइजोमा दिएका थिए । यसबाहेक उनले एक सय ६५ लाख डलर मुल्यको सामान पनि ज्वाईलाई दाइजोको रुपमा दिएका थिए ।
६. दाइजोमा फेसबुक लाइक – सन् २०१३ मा सलीम अयाश नामका यमनका एक कविले छोरीको विवाहका लागि अनौठो सर्त राखे । उसका अनुसार, उसकी छोरीसँग विवाह गर्नका लागि भावी दुलाहाले फेसबुकमा १० लाख लाइक ल्याउनु पर्नेछ ।
७. डेभिडको विवाह – इजरायलको धार्मिक कहानी अनुसार, इजरायलका राजा डेभिडको राजा सोलकी छोरीसँग प्रेम हुन्छ । राजा सोलले डेभिडका अघि विवाहका लागि एक सर्त राख्छन्, जसमा उनले फिलिस्टाइन नामक समुदायका १०० व्यक्तिको लिंगको छाला ल्याउनु पर्ने थियो । त्यस समुदायका मानिसलाई इजरायलीका कट्टर शत्रु मान्ने गरिन्थ्यो, जो खुंखार थिए । डेभिडको शक्तिको परिक्षाको रुपमा राजा सोलले यो प्रयोग गरे, जसमा डेभिड सफल भए ।
८. दुलहीको तौल बराबरको सिक्का – १७औँ शताब्दीमा बेलायतमा जोन हल नामका व्यक्ति थिए, जसले मेसाचुलेट्समा सिक्का बनाउने पहिलो टकसालको स्थापना गरे । उनलाई सिक्कासँग यति प्रेम थियो, कि आफ्ना हुनेवाला ज्वाईलाई छोरीको तौल बराबरको सिक्का दिनुपर्ने सर्त राखे । एजेन्सी