‘तिमी मेरो पारुहाङ’ बोलको पुर्बेली संस्कार संस्कृति बोकेका पुर्बेली लोक भाका सार्वजनिक गरिएको छ । यस गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शब्द सङ्कलन तथा वसन्त सापकोटाको सङ्गीत संयोजनमा रहेको पुर्बेली लोकभाका सार्वजनिक गरिएको हो ।
माया अनि पिरतीको भाका प्रस्तुत गर्दागर्दै मागी बिवाह गर्ने र भगाइलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ ।
मौलिक पुर्बेली लोकभाकामा प्रस्तुत गरिएको गीतमा संस्कार र संस्कृतिलाई समेटिएको गायिकाले बताइन् । सार्वजानिक भएको गीतको भिडियोमा विल्सन विक्रम राई, एलिसा राई, सोनाम तामाङको कलाकारको अभिनय तथा नृत्य देख्न सकिन्छ ।