गाेबिन्द पाैडेल
रोङ । ईलामकाे राेङ गाउँपालिकाले एकसय ७९ जनाकाे निशुल्क आँखाकाे शल्यक्रिया गरिदिने भएकाे छ ।
नेपाल नेत्रज्याेति संघ ईलाम,बिराटनगर आँखा अस्पताल बिराटनगर र राेङ गाउँपालिकाे आयाेजनामा गाउँपालिकाकाे बिभिन्न टाेलहरुमा करिव पैतालिस दिन लगाएर बिशेषज्ञहरु सहितकाे टाेली बाट ३ हजार आठसय चार जना नागरिकहरुमा गरिएकाे परिक्षणबाट अप्रेसन गर्नुपर्ने भेटिएका १सय उनासी जनाकाे आगामी मंसिर ९,१० र ११ गते राेङ गाउँपालिका वडा न ३ मा रहेकाे काेल्वुङ स्वास्थ्यचौकीमा ल्याएर निशुल्क अप्रेसन गरिने तैयारी रहेकाे स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।अप्रेसन गर्नु पर्नेहरुकाेलागि निशुल्क यातायातकाे ब्यवस्था समेत गाउँपालिकाले गरेकाे छ ।
अप्रेसन गरिनेहरुमा एकसय पैतालिस जना माेती बिन्दुका राेगी र आँखामा बाेसाे जमेका मासु पलाएकाे ३४ जना रहेका छन् ।जसमा वडा नं१ मा १७ जना,वडा नं२मा ४० ,वडा नं ३मा २०,वडा नं ४ मा २६ वडा नं५ का३५ वडा नं६का ४१ जना रहेका छन् ।