दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ११ नम्बर वडा कार्यालयले वडाका ६५ जनालाई चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेराउन लगेको छ।
उक्त वडाले एउटा बस नै रिजर्भ गरेर वडाभित्रका ६५ जनालाई चलचित्र पूर्णबहादुरको सारंगी हेर्न लगेको हो। उनीहरूलाई सौँडीकुलास्थित सिनेमा हल लगिएको वडाध्यक्ष मानबहादुर राउतले बताए।
‘बस बुक खाजा पानी र टिकेटकोसहित गरि वडा कार्यालयको २८ देखि ३० हजार हाराहारी खर्च भएको हुनुपर्छ,’
वडाध्यक्ष रावतसहित अन्य जनप्रतिनिधि वडासचिव लगायतका कर्मचारीपनि चलचित्र हेर्न संगै गएका थिए।
वडाबासी नभएपनि तुलसीपुरकै एमालेका नेता राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मालाई पनि चलचित्र हेराउन लगिएको थियो। चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएउनको प्रतिक्रिया थियो । दलित समुदायको शिक्षा र सशक्तिकरणमा चलचित्रले जोड दिएको उनको बुझाई थियोे ।
साथै समाजले दलित समुदायका समस्याहरुलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने सन्देश पाएको पनि उनले बताए बताए। ‘दलितको समस्या उनीहरुको मात्रै समस्या होइन त्यो समाज र देशकै समस्या हो भन्ने चित्रन गरेको छ।’ अध्यक्ष विश्वकर्माले भने ।चलचित्र हेरि सके पछि वडाध्यक्ष राउतले पनि फिल्म चेतनामूलक लागेको बताए।
‘मलाई पनि फिल्म कुरिती कुसंस्कार र चेतनामुलक लाग्यो,’ ‘हाम्रो उदेश्य नेपालीचलचित्रलाई प्राथमिकता दिउँ भन्ने पनि हो।’रावतले भने