Facebook
Twitter
LinkedIn


गाेबिन्द पाैडेल

रोङ। ईलामको राेङमा  ४० बर्ष माथिका र  बिद्यार्थीहरुकाे  करिव डेढमहिना लगाएर आखाँ र कानकाे परिक्षण गरिएकाे छ ।
पालिकाभरिका ६ वटै वडाहरुमा बिभिन्न २७ स्थानमा करिव दश हजार नागरिकहरुकाे आँखा र कानको समस्याहरु पहिचान गरी उपचार गर्ने लक्ष्यसाथ ३ हजार ८ सय चारजनामा गरिएकाे परिक्षणमा२३४ जनाको अप्रेसन ( विभिन्न समस्याको ) गर्नु पर्ने देखिएको हो।  नेपाल नेत्र ज्याेति ंसघ ईलाम,बिराटनगर आँखा अस्पताल र राेङ गाउँपालिकाे संयुक्त आयाेजनामा भएकाे शिबिरमा थप उपचार गर्नुपर्ने राेगीहरुकाे लागि पालिका स्तरमा चाडै शिबिरको आयोजना गरि अप्रेसन गर्ने तयारी भईरहेकाे छ।
४५ दिन लामो आँखा कान शिबिरमा  १० हजार नागरिकलाई परिक्षण गर्ने  लक्ष्य रहे पनि ३८०४ जना मात्रलाई परिक्षण  भएकाे र आगामी कार्यक्रमा यसलाई सुधारेर लैजान सबै सक्रिय हुन जरुरी रहेकाे राेङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए ।
बताईए अनुसार मोति बिन्दु (Catract)२३४ जनाको अप्रेसन ( विभिन्न समस्याको ) गर्नु पर्ने देखिएको छ।

अप्रेसन गर्नुपर्ने रोगीलागि  शिबिरको आयोजना गरि सबैको निशुल्क उपचार गरिनेछ।मासु पलाएको ( Pterygium )  ८८ जनामा देखिएको छ जस मध्ये ३६ जनाको अप्रेसन गर्नै पर्ने देखिन्छ।
त्यस्तै जल बिन्दु ( Glacoma  squint ptosis )  २७ जनामा  देखिएको र जस मध्ये कतिजनाको अप्रेसन गर्नु पर्ने हो सो को लागि थप अस्पतालमा परिक्षण गरि अस्पताल मै अप्रेसन गरिनेछ। यो समस्यामा आँखाको प्रेसरले आँखाको नसा सुक्दै जान्छ र ज्योती गुमे पछि फर्काउन सकिदैन त्यसकारण यसलाई जटिल रुपमा हेरिएको छ। यो  उपचार  खर्चालु उपचारमा पर्दछ।
आँखाको पर्दामा समस्या (  Retinal diseases )
३८०४ जनाको परिक्षणमा २८ जनामा यो समस्या देखा परेको छ । यो समस्याको समेत शिबिरबाट उपचार गर्न सकिँदैन, अस्पताल नै जानू पर्ने हुन्छ।त्यस्तै  टेडो आँखा ( Squint )
३८०४ जनाको परिक्षणमा २० जनामा यो समस्या देखा परेको र यो  पनि शिबिरमा गर्न नसकिने  तर अस्पतालमा निशुल्क हुने उपचारका रहेको बताईन्छ ।
आँखाको नलि बन्द ( Cronic Dacryocystis )
३८०४ जनाको परिक्षणमा ४ जनामा यो समस्या देखा परेको छ। यो समस्याको उपचार अस्पतालमा नै हुनेछ  भने अर्को समस्या आँखाको लोति तल झर्ने ( Ptosis ) रहेको र ३ जनामा यो समस्या देखा परेको छ यसको को उपचार पनि अस्पतालमा नै हुनेछ ।
पहिरक्षणको क्रममा आँखाको अन्य समस्या अप्रेसन बाहेक
दुर तथा अदुर दृष्टि समस्या ( Refractive error )
६२७ जनाको समस्या देखिएको र सबैले चस्मा लगाउनु पर्ने  देखिएको छ।
आँखामा बोसो जमेको ( Pseudophakia )
दुरदृष्टि ( Pressbyopia )  २९७ जनाको समस्या देखिएको र सबैले चस्मा लगाउनु पर्ने छ। २८ जनामा यो समस्या देखा परेको र यो समस्याको औषधि ले नै समाधान हुनेछ ।
सुख्खा आँखा ( Dry eyes ) हुने समस्या
३५ जनामा यो समस्या देखा परेको छ। यो  औषधिको प्रयोगले ठिक हुने बताईएको छ ।  आँखा पाक्ने ( Congunctivitis )  १०९ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधिले नै समाधान हुनेछ ।
आँखाको आनो ( Stye ) ५ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधिले नै समाधान हुनेछ । आँखा नानीमा दाग ( Corneal scar )  १५ जनामा यो समस्या देखा परेको छ। यो समस्याको समाधान तथा रोकथाम औषधिले नै गर्नेछ।यो समस्या ठूलो भएमा अर्को आँखा नै लगाउनु पर्ने हुन्छ। ???
अल्छी आँखा ( Amblyopia )
५ जनामा यो समस्या देखा परेको छ। यो समस्याको औषधि , थेरापी , चस्मा नै समाधान / रोकथामको उपाय हो । ५ जना मध्ये २ जना १२ बर्ष मुनि उमेर रहेको हुनाले थेरापी मार्फत निर्मुल गर्न सकिन्छ। १२/१३ बर्ष भन्दा माथी उमेर भएको को हकमा निर्मुल हुदैन। आँखा नानीमा घाउ ( (Corneal ulcer )  ३ जनामा यो समस्या देखा परेको छ। यो समस्याको उपचारको लागि रेफर गरिएको छ। तुरुन्त उपचार नभए ठूलो समस्या आउनेछ ( आँखा नै फ्याक्नु पर्ने)
आँखा हल्लिने ( Nystagmus )  २ जनामा यो समस्या देखा परेको छ। यो समस्या समाधान हुनेछैन , चस्मा प्रयोग गर्न सकिनेछ ।
कानको परिक्षण गर्ने क्रममा  कानेकुजी ( Wax )
७० जनामा यो समस्या देखा परेको छ।
कानको बाहिरी भागमा घाउ ( Acute otitis media
७ जनामा यो समस्या देखा परेको छ भने
कानको जालिमा प्वाल ( CSOM )
४७ जनामा यो समस्या देखा परेको छ। औषधि र सवाधानी मुख्य उपाय हो भने धेरै पाकेमा अप्रेसन नै गर्नु पर्नेछ। कानमा ढुसी ( Otomycosis )
५ जनामा यो समस्या देखा परेको छ।
कान कम सुन्ने ( Hairing loss)
१५६ जनामा यो समस्या देखा परेको बताईएको छ छ।
भदाै ४ गतेदेखी असाेज १७ गतेसम्म संचालित शिबिरमा केहिदिन माैसमी असहजताले पनि अपेक्षित सहभागिता हुन नसकेकाे र अभियानमा सहयोग पुर्‍याउनुहुने ” नेपाल नेत्र ज्योती संघ ” , बिराटनगर आँखा अस्पताल , रोङ स्वस्थ्य कर्मी हरु , सबै जनप्रतिनिधि ,स्वास्थ्यकर्मी , स्वयंसेवीका हरु ,स्थानीय  समाजसेवी,शिक्षक बिध्याथी सबैप्रति राेङ गाउँपालिका स्वास्थ्य शाखा आभारी रहेकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले बताए ।

1682422647.png
1682422647.png
1682422647.png
1682422647.png
1682422647.png

ताजा खबर

cropped-WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview

लोकप्रिय

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ

साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सरकारी वकिलको कार्यालय

पुरा पढ्नुहोस >

८ वटा गाईभैँसी पालेर मासिक १ लाख आम्दानी

बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशु पालन सुरु गरेको चार वर्ष भएको छ। सुरुमा चारवटा

पुरा पढ्नुहोस >

यस्तो रहनेछ आजको मौसम

ऐले  देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा

पुरा पढ्नुहोस >
WhatsApp_Image_2023-08-16_at_5.10.49_PM-removebg-preview
facebook-cover-suchanako-hak-2

Warning: Attempt to read property "user_url" on bool in /www/wwwroot/kanyampost.com/wp-content/plugins/wp-seo-structured-data-schema-pro/lib/functions/KcSeoOptions.php on line 7