१५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउँछ : प्रचण्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने बताएका छन् ।

पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

‘यो सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यसकारण यसलाई बढी नै सजक गराउनुपर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईँहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु, यो आउँदो १५ गते,’ ‘प्रचण्ड’ले भने ।

उक्त सभापछि पुनः एक पटक जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास ‘प्रचण्ड’ले दिलाएका छन् ।

‘मलाई लाग्छ १५ गते हामीले गर्ने विरोध सभापछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ,’ ‘ ‘फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईँहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाडौँ आउन आग्रह गर्छु ।’‘प्रचण्डले भने,

Leave a Reply

Your email address will not be published. Required fields are marked *