सामुदायिक वनमा अनुमति नलिई रुख काटेको आरोपमा हर्क साम्पाङमाथि छानबिन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

धरानको नगर प्रमुख हर्क साम्पाङले सामुदायिक वन क्षेत्रमा रुख काटेको आरोपमा डिभिजन वन कार्यालय सुनसरीले छानबिन प्रक्रिया सुरु गरेको छ। मेयर साम्पाङले फायर लेन बनाउनका लागि धरान २० बिष्णुपादुका सामुदायिक वनको जङ्गलमा मेसिन प्रयोग गरेर रुख काटेका थिए, जुन अनुमति विना गरिएको थियो।

डिभिजन वन कार्यालय सुनसरीलाई चैत्र १९ गते रुख काटेको उजुरी प्राप्त भएपछि उक्त कार्यालयले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको संयोजक बिष्णुपादुका सबडिभिजन वन अधिकृत महेश कुमार शाह रहेका छन्, जबकि सदस्यमा पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे रहेका छन्।

डिभिजन कार्यालयका प्रमुख खुद्रोस मियाँले छानबिन समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदनको आधारमा सजायको व्यवस्था हुने बताएका छन्। उनले भने, “वन क्षेत्र भित्र इजाजतबिना रुख काट्ने छुट कसैलाई नभएको” उल्लेख गर्दै उक्त घटनाबारे गम्भीरताका साथ छानबिन गरिनेछ।

बिष्णुपादुका सामुदायिक बन उपभोक्ता समितिले पनि साम्पाङले सामुदायिक वनका रुख काटेको पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *