रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।