हुरहुरे भञ्ज्याङ–ग्याबाचोक हुदै वडा कार्यालय जाने सडक कालोपत्रे हुदैं

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

वडा बासीको व्यग्र पतिक्षा तथा अनेकन  अडकल बाजीको वावजुद   निर्धारित समय भन्दा निकै ढिलो  गरेर भए  पनि  सुर्योदय नगरपालिका–६ अन्तर्गत हुरहुरे भञ्ज्याङ–ग्याबाचोक हुँदै वडा कार्यालयतर्फ जाने मुख्य सडकखण्ड कालोपत्रे गर्ने कार्य  बिहिवार बाट अघि बढेको छ।

सडक निर्माण कार्यको प्रगति तथा गुणस्तर मूल्यांकन गर्न वडास्तरीय अनुगमन टोलीले स्थलगत निरीक्षण गरेको छ। अनुगमन टोलीमा वडा अध्यक्षसहित वडा  सदस्यहरूको उपस्थिति रहेको थियो।वडाधयक्ष शिव कुमार बस्नेतले हाल वडा नम्बर छ मा लामो समय सम्म वाटो बन्द हुदाँ वडाबासीले थप्नु परेको सम्सया प्रति क्षमा याचना गर्दै पिच सकिए पछि यो नोक्सानी कभर हुने बताउनु भयो ।वहाँले अब ७ दिन भित्रमा बाटो पुर्ण रुपमा सुचारू हुने विश्वास समेत दिलााउनु भयो

 

सडक निर्माण कार्य उच्चस्तरीय र दीगो होस् भन्ने उद्देश्यले अनुगमन टोलीले निर्माण कम्पनीलाई आवश्यक सल्लाह, सुझाव र निगरानीसमेत गरेको छ।

स्थानीयवासीहरूले लामो समयदेखि प्रतीक्षा गरिएको यस सडकको कालोपत्रे कार्य सम्पन्न भएमा आवागमन सहज हुने र आर्थिक–सामाजिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *