वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हङकङमा चलिरहेको चारदेशीय टी–२०आई प्रतियोगितामा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।

नेपाललले टस जितेर फिल्डिङ रोजेको खेलमा ९ ओखर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियाे। जम्मा ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो।

तर, वर्षा नरोकिएपछि खेल रद्द भए पनि  हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल  प्रतियोगिताको फाइलनमा पुगेको हो।

नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो।

नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधिका लागि कुवेतसँग प्रतिष्पर्धा हुनेछ। आजै भएको खेलमा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।

नेपालले यसअघि कतार र कुबेतलाई पराजित गरेको थियो। प्रतियोगितमा आयोजक हङकङका सहित नेपाल, कतार र कुवेत सहभागी छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *