राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री सुमना श्रेष्ठले राजीनामा दिइन्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। पार्टीभित्रै चलेको विवाद र नीतिगत मतभेदको कारण उनले यो निर्णय गरेको स्रोतले जनाएको छ।

रवि लामिछाने पार्टीमा फर्किएको ठीक त्यही दिन श्रेष्ठले राजीनामा दिएकी हुन्। उनले केन्द्रीय समितिको बैठकमा आफ्नो पक्ष राख्ने बताएकी छिन्, तर अहिलेसम्म राजीनामाको कारण सार्वजनिक गरेकी छैनन्।

पार्टीभित्र लामिछाने प्रकरणलाई लिएर तीव्र विवाद चलेको छ। स्रोतका अनुसार, श्रेष्ठको मान्यता अनुसार पार्टीमा “एक व्यक्ति, एक पद” नीति कडाईले लागू हुनुपर्छ। यसका साथै, उनी संसद्मा केन्द्रित हुन चाहन्छिन्, जसकारण पार्टी प्रशासनिक जिम्मेवारीबाट अलग हुन उनले निर्णय गरेकी हुन्।

रास्वपाले आज केन्द्रीय समितिको बैठक बोलाएको छ, जहाँ यस विषयमा छलफल हुने अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *