राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूले पुराना राजावादी नेताहरु नवराज सुवेदी र बलाराम घर्तीमगरसँग भेट गरेका छन् ।
नेताहरूले आज उनीहरूको घर नै पुगेर नेताद्वव सुवेदी र घर्तीमगरलाई भेटेका हुन । भेटमा उनीहरूको लामो राजनीतिक अनुभव सुन्ने, राजसंस्था पुनस्र्थापना आन्दोलनको आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे विमर्श गर्ने, विगत, वर्तमानका बारेमा रोचक कुराकानी भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।