मोरङमा करेन्ट लागेर इलामका लावती सँगै थप १ को मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 बिजुली करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।

इलामको चुलाचुलीका    २८ वर्षीय राजेश लावतीको मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा बिजुलीको पोलमा चढेर तार सिपटिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।करेन्ट लागेर घाइते  भएका उनलाई उपचारका लागि नोबल अस्पताल लैजाँदा बाटोमै निधन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनी सँगै रहेका  बाल कुमार अधिकारी  घाइते भएर न्युरो अस्पताल, बिराटनगरमा उपचाररत् छन् । यस्तै बिराटनगर–१५ मा ससुरालीमा बसोबास गर्ने ३६ वर्षीय सुरेश चौधरी को ओछ्यान नजिक राखिएको टेवल पङ्खाबाट करेन्ट लागेर मृत्यु भएको हो। घाइते अवस्थामा उनलाई कोशी अस्पताल लगिए तापनि उपचारक्रममा निधन भएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *