राउटे युवतीमाथि दुर्व्यवहार गर्ने शाही पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राउटे समुदायका  एक  युवतीमाथि दुर्व्यवहार गर्ने  एक युवा पक्राउ परेका छन ।पक्राउ पर्नेमा आठविस   नगरपालिका दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरिएको छ ।

केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर शाहीले अभद्र  व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो ।

सोही भिडियोको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शाहीलाई आज बिहान आठविस नगरपालिकाको टुनिवगरबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सुर्खेत पठाइने प्रहरीको भनाइ  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *