🔹 पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव
🔹 कोशी र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने
देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको अवस्था:
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको विभागले जनाएको छ।
कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको पूर्वानुमान:
कोशी प्रदेशका धेरै स्थानहरूमा,
मधेश, बागमती, गण्डकी प्रदेश तथा पहाडी क्षेत्रका केही स्थानहरूमा,
अन्य थोरै भू-भागमा
मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुन सक्छ।
रातिको पूर्वानुमान:
कोशी प्रदेशका धेरै स्थानहरूमा,
मधेश, गण्डकी, सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका थोरै स्थानहरूमा,
अन्य एक-दुई स्थानमा
मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
कोशी र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात पनि हुनसक्छ।
—
🔔 सुझाव:
सुरक्षा सतर्कता अपनाउनुहोला, विशेष गरी वर्षा प्रभावित क्षेत्र तथा हिमाली भू-भागमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूको आग्रह छ।