महिला प्रहरीलाई हातपात गर्ने पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको अभियोगमा पक्राउ गरिएको छ ।
प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम घिमिरेलाई पक्राउ गरिएको हो ।
मदिरा सेवन गरेर घरपरिवारका सदस्यहरुलाई गालीगलौज एवम अपशब्द प्रयोग गरी झैझगडा गरिरहेकी पवित्रालाई सम्झाउने क्रममा प्रहरीमाथि नै हातपात गरेकी थिइन् ।देवानको दुवै आँखामाथि सामान्य चोट लागेको छ । उनलाई स्थानीय मेडिकलमा उपचार गराइएको थियो । प्रहरी जवान देवानको चुस्तासमेत च्यातिएको छ ।प्रहरीमाथि हातपात गर्ने घिमिरेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *