विराटनगर, बिहीबार – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ बिक्रीका लागि भोलि (बिहीबार) विराटनगरको महेन्द्र चौकमा आउने भएका छन्।
पुनले आज (बुधबार) साँझ ५:४५ बजे आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी गराएका हुन्। उनले लेखेका छन्, “भोली बिहान ११:३० बजे देखि बिराटनगरको महेन्द्र चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गरिनेछ। किताब किन्ने पालो अब मोरङ जिल्लाको आयो। किताब किन्न तयार भएर बस्नु होला – महाबीर पुन ९८४१५९२३६१।”
देशभर वैज्ञानिक अध्ययन, अनुसन्धान तथा नवीनतम सोचलाई प्रवर्द्धन गर्दै आएका पुनले ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापनासँगै विभिन्न नवाचार अभियानहरू सञ्चालन गर्दै आएका छन्। हाल उनी वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने लक्ष्यमा छन्। यही उद्देश्य पूरा गर्न उनले आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका थिए, जसबाट उनले करोडौं आम्दानी गरिसकेका छन्।
पुस्तक बिक्री अभियानकै क्रममा पुन विभिन्न पुग्ने गरेका छन्। यसै क्रममा विराटनगरमा उनलाई प्रत्यक्ष भेटेर पुस्तक खरिद गर्ने अवसर पाठकहरूले पाउनेछन्।