नयाँ बुलन्द नवौँ बार्षिकोत्सवमा पत्रकार बोहरा सम्मानित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लिला बहादुर लिम्बु

   पत्रकार युद्ध बहादुर बोहोरा नयाँ बुलन्द पत्रकारिता पुरस्कार २०८२ बाट समानित भएका छन ।
  इलामबाट सञ्चालित  अनलाइन नयाँ बुलन्द डट कमको नवौँ बार्षिकोत्सवको अवसरमा इलाम फाकफोक थुम गाउँ पालिकाको सभा हलमा भएको नयाँ बुलन्द अनलाईन पत्रकारिता पुरस्कार बितरण तथा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका बिषयक अन्तरसंवाद  कार्यक्रमका प्रमुख अतिथी थुमका अदक्ष्य दिपेन्द्र खनाल बिषेश अथिति उपाध्यक्ष कल्पना राई तथा प्रमुख प्रशासकिय अधिकृत निर्मल तिम्रोक लिम्बुको उपस्थितिमा पत्रकार बोहोरा लाई नगद रू १० हजार राशि सहित   प्रमाण पत्र  प्रदान गरिएको थियो । प्रत्येक बर्ष नयाँ बुलन्द अनलाईन पत्रकारिता पुरस्कार  प्रदान  गरिदै आएको यस बर्ष  बोहोरालाई प्रदान  गरिएको हो।
 इलाम पाँचथर सिमावर्ती क्षेत्र फागुनन्द गाउँ पालिका क्षेत्र र फाकफोक थुम क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका बोहोरा नयाँ बुलन्द डट कमका उपसम्पादक  छन भने प्रेस सेन्टर नेपाल पाँचथरका अदक्ष्य समेत रहेका छन ।  पुरस्कार तथा प्रमाणपत्र नयाँ बुलन्द डट कम अनलाइनका सम्पादक तथा अध्यक्ष राम योङ्हाङले पुरस्कार प्रदान गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *