१३ वर्षीया एक बालिकालाई शरीर बन्धक बनाइ बलात्कार गरेको आरोपमा सूूर्योदय नगरपालिका–११ का भरतवीर राईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुुनाएको छ । कैद सँगै अदालतले राईलाई पाँच लाख रुपियाँ जरिवाना र तीन लाख रुपियाँ पीडित राहत कोषमा बुुझाउन पनि आदेश दिएको अदालते जनाएको छ ।
गएको ०८१ जेठ १३ गते देखि पटक–पटक करणी गरेको भन्दै पीडितका अभिभावकले राई विरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । आफ्नी छोरीकी साथी रहेकी पीडित बालिका छोरी सँग खेल्न राईकै घरमा आउने गरेकी थिइन् । छोरी सँगै खेल्न आएकी ती बालिकालाई ४८ राईले ०८१ साउन ४ गते अन्तिम पटक करणी गरेको अदालतले जनाएको छ । पालिकापेज बा६