गाेविन्द पाैडेल
राेङ। तराईकाे उष्ण हावापानीमा मात्रै पाईने अति बिषालु सर्प राज गाेमन पछिल्लो समयमा पहाडमा पनि भेटिन थालेकाे छ । केहि समय अगाडि इलामको सूर्योदय नगरपालिका अन्तर्गत अन्तु डाँडाको फेदि समालबुङ फिक्कल रोडमा भेटिएको १ जोडी सर्प पनि किङ कोब्रा नै रहेको सर्प उद्धार कर्ता बसन्त सुबेदीले जानकारी दिए । त्यस क्षेत्रमा विशालु सर्प देखा परे पछि वडा नम्बर ५ का वडाध्यक्ष उर्गेन बम्जनले सामाजिक सन्जालमा सचेत रहन सर्वसाधारणलाइ आग्रह पोस्ट पनि गरेका थिए। राेङ गाउँपालिका वडा न ६ काे दैले डाडा नजिक गाउँमा हिजाे करिव सात मिटर लामाे र अन्दाजी १५ किलाे जतिकाे राज गाेमन (king cobra ) भेटिएकाे हाे । करिव १२ सय ५० मिटरकाे तुसाराे समेत पर्न सक्ने स्थामा पहिलाे पटक उक्त सर्प भेटिएकाे स्थानीय युद्ध प्रधानले बताए । त्यस ठाउँमा यो प्रजातिको सर्प भेटीए पछि हेर्नेहरुको भीड लागेको थियो । गर्मी बढे सँगै तराइमा प्रसस्त भेटिने किङ कोब्रा पहाडी भू भागमा पनि देखा पर्न थाले पछि स्थानीय चकित बनेका छन् । झापाका सर्प उद्धारकर्ता मुन्ना कार्कीका अनुसार सर्पहरुको माइग्रेसन हुने जसले गर्दा तराइका सर्प पहाड आउने पहाडका सर्प तराइमा जाने हुने तर कालान्तरमा आफ्नै ठाउँमा फर्केर आउने गर्दछन्। बिशालु सर्पहरु पहाडमा पाउदै नपाउने भन्ने नहुने तथा बन जंगलमा आगलागी तथा आफूलाइ असुरक्षित महसुस भए पछि सुरक्षित ठाउँको खोजीमा पहाडी क्षेत्रमा सर्ने अर्का सर्प उद्धाार तथा संरक्षण कर्ता दिपक नेपालले जानकारी दिए। यस प्रजातिका सर्पहरुले सर्प नै शिकार गर्ने हुदा धेरै सर्पहरु हुने ठाउँमा यो सर्प पाइने बताए ।