धनुषामा होलीको विवादमा युवकको हत्या, अभियुक्त पक्राउ
धनुषा, चैत ३ गते। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३, विन्धिमा होली खेल्ने विषयमा भएको विवादले १८ वर्षीय आशु यादवको हत्या भएको छ। स्थानीय धर्मेन्द्र महतोले यादवको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, होली खेल्ने क्रममा विवाद हुँदा महतोले यादवको छाती, पेट र ढाडमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।
प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।